चितवन – चितवन र नवलपुरका थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्य ८ जना चितवनको माडी नगरपालिकाका हुन् । प्रयोगशालाका अनुसार माडी नगरपालिका १, ७ र ८ का ३२, ३५, १९, २२, २४, २८ र ३६ बर्षका पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो । उनिहरु सबै नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।

भरतपुरमै गरिएको परीक्षणमा नवलपुरको कावासोती र बुलिङटारका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले दिएको जानकारी अनुसार नवलपुरको कावासोती र बुलिङटारमा ११ जना संक्रमित थपिएका हुन् । कावासोती ५ र ८ का २६ र ४८ बर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

उता बुलिङटारका ८ पुरुष र एक महिलामा कोरोना देखिएको छ । बुलिङटार ३ र ४ का १९, २५, २४, २४ र ३७ बर्ष उमेर समुहका ८ पुरुष र ३२ बर्षीय एक महिलामा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा नितु अधिकारीले जानकारी दिईन् । डा अधिकारीका अनुसार मंगलबार ३०८ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्य २८९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस !