चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलोमा सोमबार राति सडक थप धसिए पछि सवारी एक तर्फि भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक संञ्चालनमा ल्याईएको भए पनि पुनः धसिए संगै त्यस ठाउँमा सवारी संञ्चालनमा रोक लगाईएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार यस अघि सो ठाउँमा थप धसिए पछि खतरा बढेकाले सवारी संञ्चालन रोकीएको हो । उहाँका अनुसार सोमबार बिहान यस अघि धसिएको ठाउँमा थप धसिए पछि ग्राबेल हालेर सवारी संञ्चालनमा ल्याईएको थियो । तर धसिने क्रम थपिए पछि सडकमा ड्रम राखेर एक तर्फि बनाईएको उहाँले जानकारी दिनुभयो ।

सो सडक खण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थियो ।
अधिकारीका अनुसार १७ किलोमा ३ देखि ३ दशमलब ५ मिटर फराकीलो ३५ मिटर लामो क्षेत्रमा एक फिट भन्दाबढि सडक धसिएको छ । सो ठाउँमा सडक ९ मिटर फराकिलो छ । त्यसै ठाउँमा बि. सं. २०६० सालमा सडक मुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाईएको छ ।

सो क्षेत्रमा तलबाट त्रिशुली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो । दुई वर्ष अघि सो सडक बिस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलब ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुबै ठाउँमा मर्मतका लागि बोलपत्र आव्हान गरिएको भए पनि बोलपत्र नपरेको सडक बिभागले जनाएको छ ।

अधिकारीले धसिएको ठाउँ वढ्दै गएमा थप जोखिम हने बताउनुभयो । भित्तो पट्टि अग्लो पहाड भएकाले बिस्तार गर्न कठिन छ । अबिरल वर्षा भईरहेकाले सो सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारीनै रहेको उहाँले जानकारी दिनुभयो ।

यो सडक राजधानी भित्रने र वाहिरिने प्रमुख मार्ग हो ।

प्रतिक्रिया दिनुहोस !