चितवनः नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान व्यूरोले अबैंध मृगौला प्रत्यारोपण गरेको भन्दै अनुसन्धानका लागि चिकित्सक सहित चार जनालाई नियन्त्रणमा लिएको छ । कलेज अफ मेडिकल साईन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशक सहित चार जनालाई आज साँझ नियन्त्रामा लिएको हो ।
कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्ष अघि गरिएको मृगौला प्रत्यारोपणको बिषयमा प्रमुख कार्यकारी निर्देशक डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र कानुनी सल्लाहाकार रमेश काफ्लेलाई सोधपुचका लागि व्यूरोले नियन्त्रणमा लिएको छ । कलेजको मानब अंग प्रत्यारोपण समितिमा पाँच जना सदस्य रहेका छन् ।
उहाँहरु वाहेक समितिका सदस्य सर्जन डा. राकेश बर्माभने आज फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रधानका अनुसार एक वर्ष अघि काठमाडौंका एक पुरुषको मृगौला प्रत्यारोपणको बिषयलाई लिएर उहाँहरुलाई अनुसन्धान गर्ने भन्दै नियन्त्रर्णमा लिईएको हो । प्रधानले प्रत्यारोपण् भएका व्यक्ति नेपाली भएको र सरकारका सबै मापदण्ड पुरा गरेर प्रत्यारोपण गरिएको भए पनि के कति कारणले नियन्त्रणमा लिईएको हो भन्ने प्रष्ट नभएको बताउनुभयो । हाल सम्म सो मेडिकल कलेजले चार जनाको मृगौला प्रत्यारोपण गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङ्गले आँफुहरुले व्यूरोलाई सहयोग मात्रै गरेकाले बिस्तृत बिबरण थाहा नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !