चितवन – नारायणगढको एक औषधी गोदाममा आगलागी भएको छ । वडा प्रहरी कार्यालय नारायणगढका अनुसार एक औषधी गोदाममा आगलागी भएको हो । साँझ करिब सवा ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिकाको २ वटा र खैरहनी नगरपालिकाको एक वटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरिक्षक रविनबाबु रेग्मीले जानकारी दिए । आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस !