चितवनः उद्योगी व्यवसायीहरुले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । बिद्युत, टेलिफोन देखि कर्मचारीको तलब समेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन ।
कोरोना भाईरसको संक्रमणका कारण सबैभन्दा वढि प्रभाबित भएको होटल अझै संञ्चालन हुन सकेका छैनन् । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई होटल बचाउन कठिन भएको बताउनुहुन्छ । बैंकको व्याज र किस्ता असारमा तिर्न नसक्ने भन्दै उहाँले होटल कुर्ने कर्मचारी र बिजुलीको पौसा पनि तिर्न नसकेको बताउनुभयो । सौराहाका १ सय २० होटलमा रु २० अर्ब भन्दा वढि लगानी भएको छ । उहाँका अनुसार बैंकीङ् ऋण मात्र रु ८ अर्ब भन्दा वढि छ ।
ऋण तिर्ने समय पछाडी सार्नुको बिकल्प नरहेको उहाँको भनाई छ । त्यस्तै अन्य होटलहरुको अबस्था पनि उस्तै छ । होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष दिनेश चुके यस अन्तर्गत रहेका देशभरका ८० हजार होटलको अबस्था दयनिय रहेको बताउनुहुन्छ । होटल बन्दनै भएकाले अहिले व्याज र किस्ता तिर्न सक्ने अबस्था नरहेको उहाँले बताउनु भयो ।
व्यवसायीहरुले भ्रमण वर्ष लक्षित गरि २५–३० प्रतिशत थप लगानी गरेको भन्दै उहाँले त्यस संगै कोभिडका कारण व्यवसाय ठप्प रहँदा आँफुहरु मर्कामा परेको बताउनुभयो । व्याज र किस्ता पुनर ताजगी गर्न र संञ्चालनका लागि ५ प्रतिशत थप कर्जा दिनुपर्ने उहाँको भनाई छ । पर्यटकीय होटल सरह सेवा यी होटलहरुलाई दिनु पर्ने माग समेत रहेको चुकेले बताउनुभयो ।
कोभिड १९ का कारण निकै प्रभाबित वनेको कुखुरा व्यवसायीहरुको पनि आफ्नै पिडा रहेको छ । पोल्ट्रि व्यवसायीहरुको छाता संस्था नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्ट धेरै कृषक बिस्थापित बनि सकेको भन्दै असारमा नभएर एक वर्ष सम्म व्याज र किस्ता तिर्ने अबस्थामा व्यवसायी नभएको बताउनुहुन्छ । बैंकले चालु पुजी थप्नुपर्ने भन्दै उहाँले पूर्बबत अबस्थामा फर्कन एक वर्ष लाग्ने बताउनुभयो । आँफुहरुले राष्ट्रबैंकका गभर्नर समक्ष समस्या राखिसकेको भन्दै बिष्टले अब थप ऋण लिएर व्यवसाय गर्दा व्याज र किस्ता तिर्न एक वर्ष कुर्नु पर्ने बताउनुभयो ।
व्यवसायीहरुले चालु पुजी थप गर्न, किस्ता एक वर्ष पछि मात्र राख्ने गरि पुनर ताजगी गर्न, लकडाउनको समयको व्याज मिनाह गर्न माग गरेका छन् । नेपालमा कुखुरापालन व्यवसायमा रु १ अर्ब ५० करोड भन्दा वढि लगानी रहेको छ । यस व्यवसायमा रु ३५ अर्ब भन्दा वढि बैंकीङ् ऋण रहेको बिष्ट बताउनुहुन्छ ।
नेपाल दाना उद्योग संघ केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष शंकर प्रसाद कंडेल राज्यले अहिले सहयोग नगरे नेपालको आत्मनिर्भर पोल्ट्रि व्यवसाय धारासाही हुने बताउनुहुन्छ । किसान संग कुखुरा नहुँदा अहिले लागत मूल्य पाएको भए पनि भित्रि रुपमा धेरै कृषक घरको न घाटको हुन पुगेको भन्दै उहाँले कृषकले व्याज र किस्ता तिर्न सक्ने अबस्था नरहेको बताउनुभयो ।
कोभिड १९ का कारण यातायात क्षेत्र पनि पूर्ण रुपमा प्रभाबित छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष राम सुवेदी सवारीसाधन थन्किएर वसेकाले तत्काल ऋणको व्याज र किस्ता तिर्न नसक्ने जानकारी सम्बन्धित निकायमा गराएको बताउनुहुन्छ । देशभरमा सार्बजनीक यातायातका लागि किनिएका सबारी साधनको संख्या ९ लाख भन्दा वढि रहेको भन्दै उहाँले यसमा रु १५ खर्ब लगानी रहेको बताउनुभयो । जस मध्ये ६० प्रतिशत बैंकको लगानी भएको सुबेदी वताउनुहुन्छ ।
कोभिड १९ को संक्रमण संगै स्वास्थ्य क्षेत्र पनि प्रभाबित भएको छ । नेपालमा नीजि क्षेत्रमा स्वास्थ्यमा ठूलो लगानी रहेको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशशक प्रा.डा. हरिशचन्द्र न्यौपाने अहिले व्याज र किस्ता तिर्न नसक्ने बताउनुहुन्छ । नेपालका १८ वटा मेडिकल कलेजको मासिक रु १ करोड हाराहारी व्याज र रु २ करोड किस्ता तिर्नु पर्ने भए पनि तलब खुवाउन नसकेको एशोसियसन अफ प्राईभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका निवर्तमान अध्यक्ष समेत रहनु भएका न्यौपानेको भनाई छ । उहाँका अनुसार कोभिड संगै खर्च बढेकाले नीजि क्षेत्रका अस्पतालहरु दयनिय अबस्थामा छन् । सबै मेडिकल कलेजका शिक्षण संस्थाबाट खर्च धान्ने भए पनि अहिले पढाई ठप्प हुँदा शुल्क उठ्न सकेको छैन ।
न्यौपाने सरकारले लकडाउनको अबधिको नीजि स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारीको तलब सरकारी सरह खुवाईदिनु पर्ने र बंैकले व्याज र किस्ता तिर्ने समय सार्नुपर्ने बताउनुहुन्छ । शिक्षण संस्थाको अबस्था पनि उस्तै रहेको व्यवसायीहरु बताउँछन् । भृकुटि बोडिङ् स्कुल नारायणगढका प्राचार्य रामजी पाण्डे नीजि शिक्षण संस्थाले शिक्षक कर्मचारीको तलब खुवाउन समेत नसकेकाले बैंकको व्याज र किस्ता तिर्ने सम्भावना नरहेको बताउनुहुन्छ ।
नेपाल राष्ट्रबैंकले हाल सम्म कुनै निर्णय गरेको छैन । प्राईम बैंक भरतपुरका प्रबन्धक पदम पौडेल आँफुहरुलाई कुनै निर्देशन नआएकाले बिगतझै व्याज र किस्ता असारमा तिर्नु पर्ने बताउनुहुन्छ । ऋणीहरुले आफ्ना गुनासो राखिरहेको भन्दै उहाँले यस बिषयमा केन्द्रिय कार्यालयमा जानकारी गराउने बाहेक अन्य अधिकार आँफुसंग नरहेको बताउनुभयो ।