चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ खहरेमा पैदलयात्रीलाई सवारीसाधनले ठक्कर दिदाँ एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् ।
उनलाई आज विहान ३ः३० वजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शब भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !