चितवनः दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एक जना युवक वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन् ।
नारायणी नदी किनारको प्रदर्शनी मैदान नजिकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीकाअनुसार आज दिउँसो साढे चार बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो । परियारको खोजीकार्य जारी रहेको रेग्मीले जानकारी दिनुभयो । सो स्थानमा नारायणी नदीले वर्षेनि मान्छे बेपत्ता बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !