चितवनः पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शंकास्पद शव फेला परेको छ । बिहिबार राती करिब ११ः३५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित आफ्नै बारीमा २७ वर्षिय संजय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बारिमा खनाल अचेत अबस्थामा देखे पछि परिवारले प्रहरीलाई खवर गरेका थिए । उनलाई प्रहरीले अस्पताल ल्याए लगत्तै मृत घोषणा गरिएको थियो । उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ ।
खनालको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धान भईरहेको कार्यालयका प्रबक्ता शूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !