चितवनः जिल्लामा सोमबार भएको दुर्घटनाका घाईतेको थप उपचारका लागि काठमाडौं लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूयवहादुर थापा अनुसार घाईतेहरु दुर्घटनामा परी घाईते भएका हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का स्कर्पियो चालक ४५ बर्षीय राजन घिमिरे, २७ बर्षीया बर्षा धिताल र ५३ बर्षीय कृण्ण धिताललाई थप उपचारका लागि काठमाडौं पठाईएको हो ।
पुरोनो मेडीकल कलेजमा उपचार गराई रहेका उनीहरुलाई हेलिकप्टर मार्फत काठमाडौ पठाईएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलो स्थित नारायणगढ–मुग्लिन सडकमा स्कोरपियो र ग्यास बुलेट एकआपसमा ठक्कर खाएका थिए ।
सो दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ की ४८ वर्षिया प्रभा गौतम र उनका २५ वर्षिय छोरा अनुज धिताल रहेका छन् । छोराको उपचारका क्रममा आज विहान अस्पतालमा मृत्यु भएको थियो भने आमाको सोमबार उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमानै मृत्यु भएको थियो ।
मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा १३ च ५९२९ नं. को स्कर्पियो र बिपरित दिसाबाट गइरहेको एनएल ०१ क्यु ५१०६ नं को ग्यास बुलेट एक एक आपसमा ठक्कर खाएका थिए ।