चितवन – नेपाल विद्यार्थी संघ (नेविसंघ) विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले असार १५ मनाएको छ । क्याम्पसर परिसरमा आयोजित शुभकामना आदानप्रदान तथा दही च्युरा खाएर नेविसंघ विरेन्द्र क्याम्पसले असार १५ मनाएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा संविधान सभा सदस्य एवं पूर्व पार्टी सभापति रामकृष्ण घिमिरे, सचिव राजिव न्यौपाने कोषाध्यक्ष शंकर कंडेल, सहि सचिव सूर्य अर्याललगायत विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम नेविसंघ विरेन्द्र क्याम्पसका सभापति अनमोल अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । असार १५ को महत्व र संस्कृति जोगाउनका लागि कार्यक्रम आयोजना गरिएको अधिकारीले बताए ।