चितवनःलायन्स क्लव अफ चितवन ग्रिनले चितवन राष्ट्रिय निकुञ्जका कसरा स्थित चेक पोष्टमा शौचालय निर्माण सुरु गरेको छ । शौचालयको लायन्स क्लब ईन्टरनेस्नल डिष्ट्रिक्ट ३२५ विटू नेपालका सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्ट र निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले आज एक कार्यक्रमबिच शौचालयको शिलन्यास गर्नु भएको हो ।
सो अवसरमा भट्ट, रुपाखेती, क्लबका अध्यक्ष किशोरचन्द्र सापकोटा, प्रथम उपाध्यक्ष एबं कार्यक्रम संयोजक सुमन कोईराला लगाएतले बोल्नु भएको थियो । क्लबले निकुञ्ज संग मिलेर करिब रु १० लाख खर्च गरि शौचालय निर्माण गर्न लागेको हो ।
अध्यक्ष सापकोटाका अनुसार महिलाका लागि तीनवटा शौचालय र पुरुषका लागि चारवटा यूरिनल र एउटा शौचालय निर्माण गरिदैं छ । आगामी दशैं सम्ममा शौचालय निर्माण हुने छ । मूख्य रुपमा माडी हुँदै ठोरी सम्म आवतजावत गर्ने यात्रुवहाक सवारीलाई त्यहाँ चेकजाँच गरिन्छ । सो क्रममा शौचालय प्रयोग गर्नेहरुलाई लक्षित गरि लायन्सले शौचालय निर्माण गरेको हो ।