काठमाडौंः अछाममा क्वारेन्टिनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित एक विद्यालयको क्वारेन्टिनमा बसेर घर गएका सोही ठाउँका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक प्रभुनाथ देवकोटाका अनुसार उनी जेठ २७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । असार १० गते र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाएको देवकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !