चितवनः भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहिबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान ९ वजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षिय उनी उपचारका शिलशिलामा भारत गएका थिए । क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्कीएर आउने क्रममा स्वास्थ्यमा समस्या देखि पछि चितवन मेडीकल कलेजमा उपचारका लागि ल्याईएको थियो । उपचारका क्रममा उनको स्वाब परिक्षण गरिएको थियो ।
भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरे संगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा आज मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।