चितवन – चितवनमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रायोगशालामा गरिएको परीक्षणमा चितवनका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका अनुसार संक्रमितहरु भरतपुर महानगरपालिका १३ का २७ बर्षीय पुरुष र राप्ती नगरपालिका ५ का ४० बर्षीय पुरुष हुन् । आज (शुक्रबार) १०९ जनाको स्वाब परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अन्य १०७ जनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !