चितवनः पूर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष हितबहादुर योनजंङ तामाङ्गको निधन भएको छ । उहाँको ४९ वर्षको उमेरमा मकवानपुरको भिमफेदीमा निधन भएको कान्छा छोरा हरि तामाङ्गले जानकारी दिनुभयो ।
लामो समय देखि अल्सरको उपचार गर्दै आउनु भएका तामाङ्गको पछिल्लो समय कलेजोले काम गर्न छाडेको थियो । समस्या जटिल भए पछि उहाँलाई अस्पतालले घरमानै आराम गर्न भनि पठाएको नगरपालिका प्रमुख प्रभा वरालले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङ्गको निधन आज दिउँसो ४ वजे भएको हो ।
उहाँलाई केहि दिन अघि आयुर्वेदिक उपचारका लागि मकवानपुरको भिमफेदी लगिएको थियो । पचारका क्रममा तामाङ्गको निधन भएको हो । नगरसभा सकिने समयमा उहाँको निधन भएको खवर आएको प्रमुख वरालले वताउनुभयो । तामाङ्ग वि. सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
उहाँको एक श्रीमती, दुई छोरा र दुई छोरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !