चितवनः जिल्लामा पहिलो पटक महिला र बालबालिकाहरुका लागि राप्ति नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मा रहेको भण्डारा माबिमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वोन्टिनको व्यवस्था गरिएको हो ।

महिला मैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आईरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माबिमा ५० शैयाको महिला मैत्री क्वारेन्टनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० शैयाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० शैया पुर्याईने नगरपालिकाको प्रमुख प्रभा बरालले बताउनुभयो । बरालका अनुसार महिला तथा बालबालकाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गरि सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपालीहरु आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडा अध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हाल सम्म १ सय २१ जनाले क्वारेन्टिनको समय अबधि पुरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । जस मध्ये १० जना महिला रहेका छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलाहलाई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस वसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपािलकामा जिल्लामा पहिलो पटक बिदेशबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !