चितवनः जिल्लामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको । अस्पतालका अनुसार माडी नगरपालिका वडा नंं।२, ५, ६ र ८ का ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु रहेका छन् ।
यस्तै भरतपुर महानगरपालिका वडा नं.२८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै चितवनमा हालसम्म संक्रमितको संख्या ४२ पुगेको छ । चितवनमा कोरोनाबाटै एक जनाको मृत्यु भइसकेको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा हिजो आइतबार २४९ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य १६ जना संक्रमण पुष्टि भएकाहरु नवलपुरको बुलिङटार गाउँपालिका र गैंडाकोट नगरपालिकाका छन् ।

प्रतिक्रिया दिनुहोस !