काठमाडौंः नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३६ जना प्रहरी कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।
हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११, सप्तरीमा ३, सिरहामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा २, जुम्लामा ४, जाजरकोटमा १, कञ्चनपुरमा ३, अछाममा १, बाजुरामा १, परिसर काठमाडौंमा ३ र भक्तपुरमा १ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले बाह्रखरीलाई जानकारी दिनुभयो । प्रवक्ता शाहीले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको र पछिल्लो समय थप सावधानी अपनाउन देशभर निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !