चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड्को चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाईएको छ । बुधबार बिहान ४ः१५ वजे खसेको पहिरो पूर्ण रुपमा पन्छाए संगै शुक्रबार साँझबाट दुई तर्फी सवारी संञ्चालनमा आएका छन् ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिब खनालका अनुसार केही पहिरो पन्छाउँदै वेलावेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्ण रुपमा पहिरो पन्छाए संगै दुई तर्फी रुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो ।
पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुबै तर्फबाट लोडरले पहिरो पन्छाईएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहज रुपमा दुई तर्फी आवागमन सूचारु भएको खनालले जानकारी दिनुभयो ।

पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौं सवारी सडकमा अलपत्र परेका थिए । सडक दुई तर्फी संञ्चालनमा आएसँगै सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस !