
चितवनः पहिरो पन्छाएर यातायता सुचारु गर्ने समयमा पुनः पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड फेरी वन्द भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार विहान ४ः१५ वजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा पहिरो गएको थियो । सो पहिरो पन्छाएर ६ः३० वजे बाट सडक संञ्चालन गर्ने तयारी गरेको समयमा पुनः पहिरो जाँदा सवारी आवागमन रोकीएको हो
माथीबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड १४ घण्टापछि खुलाउने तयारी गरिएको थियो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमा पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाईएको भए पनि अहिले पहिरो गए पछि पुनः सडकमा आवागमन वन्द भएको हो ।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौं सवारी सडकमा अलपत्र परेका छन् ।