चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको कालिखोलामा पहिरो खस्दा सडक अबरुद्ध वनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित कालिखोलामा आज बिहान ४ः१५ बजे पहिरो खसेको हो ।
अहिले पहिरो पन्छाउने काम जारि रहेको कार्यालयका प्रबक्ता सुर्य वहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो रोक्न लगाईएको ड्याम खसेर सडक अबरुद्ध भएको हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने सवारी साधनहरु रोकीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !