चितवनः कालिका नगरपालिकाले आफ्ना ११ वटा वडा कार्यालयको व्यवस्थापन पछि नगरपालिकाको भवन निर्माण थालेको छ । कालिका नगरपालिका वडा नम्बर ६ मा नगरपालिका भवन निर्माण सुरु गरिएको हो ।
नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ५ तले आधुनिक सेवाहरु सहितको भवन निर्माण थालिएको हो । सबै वडा कार्यालयको टुङ्गो लागे पछि नगरपालिकाको भवन निर्माण सुरु गरेको उहाँले बताउनुभयो । हाल नगरपालिका कार्यालय भाडाको घरमा छ ।
नगरपालिकाका ईन्जिनियर राजेश कोइरालाका अनुसार सो भवन २३ हजार ८ सय बर्ग फिटको रहेको छ । अपाङ्ग मैत्री, अग्नि नियन्त्रणको व्यवस्था, दुई तर्फि भ¥याङ् संगै लिफ्टको व्यवस्था हुने छ । कोईरालाले दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरि रविना कन्ट्रक्सनलाई रु ११ करोड ६१ लाख ४ हजार ३३ मा ठेक्का दिईएको जानकारी दिनुभयो । हाल भुईको काम थालिएको छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाको वडा नम्बर २, ३, ५,७, ९ र ११का कार्यालयहरु ठेक्का सम्झौता भई काम भईरहेको छ । ती वडा कार्यालयका भवनहरु तीन तला सम्म निर्माण गर्न सक्ने गरि निर्माण गरिएको छ । ती भवनहरु रु ७५ लाख देखि १ करोड सम्म खर्च गरि निर्माण थालिएको हो ।
त्यसै गरि वडा नम्बर ८ र १० को कार्यालय भवनको बजेट विनियोजन गरि निर्माण कार्य अगाढी वढ्ने प्रकृयामा रहेको छ । वडा नम्बर १ को गत वर्ष भवन वनेको हो भने वडा नम्बर ४ र ६ को हाल भएका भवन राम्रा भएकाले वनाउनु पर्ने अबस्था नरहेको नगरपालिकाले जनाएको छ ।
प्रमुख श्रेष्ठले हाल वडा कार्यालयहरु भाडामा नरहेको र पुरानो भएकाको नयाँ निर्माण थालिएको बताउनुभयो । सबै वडा कार्यालयको भवनको टुङ्गो लागे पछि नगरपालिका भवन निर्माण थालिएको बताउनुभयो । सो क्षेत्रमा २७ कठ्ठा जमिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस !