
काठमाडौंः नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुल्मीको धुर्कोटका एकजना पुरुष रहेका छन् । उनको जेठ १२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
आइसोलेसनमा रहेका उनको जेठ ३१ गते उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । उनी क्यान्सरबाट पीडितसमेत भएको बताइएको छ ।
उनी भारतबाट आएका थिए ।