वीरगञ्जः वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा प्रदेश २ का थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।

पर्सा, बारा, रौतहट र सर्लाहीबाट ल्याइएका थ्रोट स्वाबको नमुना परीक्षणका क्रममा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिनुभयो । ‘पर्सामा ३ जना महिला छन् भने अरु संक्रमित सबै पुरुष हुन्,’ डा. उपाध्यायले भन्नुभयो, ‘सम्बन्धित निकायमा खबर पठाएका छौं, उनीहरुलाई आइसोलेटेड गर्ने तयारी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस !