चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । क्वारेन्टिनमा रहेका २ जनामा सोमबार कोरोना संक्रमण देखिए संगै वडा स्तरीय बिपद व्यवस्थापन समितिको वैठकले वडा नम्बर ६ सिल गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष हरिविलाश कोईरालाको अध्यक्षतामा बसेको बैठकले वडामा समेत कोरोना संक्रमण देखिएको भन्दै दुध जन्य पदार्थ, स्वास्थ्य सेवा, औषधी पसल, भेटनरी र पशु आहर वहेकका सबै सेवा र पसलहरु वन्द गर्ने निर्णय गरेको हो ।
आज देखि जेठ ३२ गते सम्मका लागि वडा सिल गरिएको वडाअध्यक्ष कोईरालाले जानकारी दिनुभयो ।उहाँका अनुसार वडामा भित्रने र वाहिरने व्यक्तिहरुमा पनि कडाई गरिने छ ।