चितवनः कोरोना संक्रमण देखिएका माडी नगरपालिकाका संक्रमितलाई भरतपुर कोरोना अस्पताल ल्याईएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर कोभिड १९ प्रयोगशालामा परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएकाहरु मध्ये माडी नगरपालिकाका ६ जना लाई ल्याई सकीएको छ भने भरतपुर महानगरका संक्रमितहरुलाई ल्याउने क्रम जारी रहेको छ । भरतपुर महानगरपालिकामा रहेका ११ जना संक्रमितलाई पनि अस्पताल ल्याईएको छ ।
महानगर स्वास्थ्य महाशाखाले भने अहिले सम्म संक्रमितको बिबरण पाउन नसकेको, कसरी ल्याउने भन्ने बिषयनै अन्यौलमा रहेको जनाएको छ । स्वास्थ्य महाशाखाका प्रमुख बिदामा वसेको र कसरी ल्याउने भन्ने बिषयमा समेत स्पष्ट जानकारी आउन नसक्दा कसरी ल्याउने भन्ने बिषय अन्योमय वनेको हो ।
यस्तै भरतपुरको नारायणी सामुदायीकमा उपचाररत बिरामीलाई पनि भरतपुर अस्पतालमा सारिएको छ । सघन उपचार कक्षमा उपचार भईरहेका बिरामीलाई भरतपुर अस्पतालमा सारिएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार स्थानीय तहको क्वारेन्टिनमा रहेका संक्रमितहरुलाई कोरोना अस्पतालमा र अस्पतालमानै उपचार गरार्य रहेका र स्वास्थ्यकर्मीहरुलाई भरतपुर अस्पतालमा ल्याईने छ । भरतपुर महानगरको क्वारेन्टिनमा ११ जना, माडी नगरपालिकामा ६ जना, अस्पतालमा उपचाररत ३ जना, तीन जना स्वास्थ्यकर्मी र क्यान्सर अस्पतालका एक जना कोरोना देखिएको थियो । उनीहरु मध्ये क्यान्सर अस्पतालमा उपचाररत भनिएका बिरामीको डिस्चार्ज भई सकेको छ । सप्तरीको बिरामी २२ गते उपचारका लागि अस्पताल आएको र शुक्रबार स्वाब परिक्षणका लागि पठाईएको थियो । उनी बहिरंग बिभागमा उपचारका लागि आएका कारण सामन्य उपचार पछि घर फर्कीएको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !