चितवनः पूर्बी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहोर संकलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आबश्यक संरचना वनिसकेको छ ।

लकडाउन खुले संगै फोहोर संकलन थालिने छ । नगरपालिका प्रमुख प्रभा वराललेराप्ती नगरपालिका वडा नम्बर २ मा स्थानीय शिबशक्ति सामुदायीक वन संग सहकार्य गरेर काम सुरु गरेको जानकारी दिनुभयो । बागमती प्रदेश र नगरपालिकाको करिब रु १ करोड लगानीमा जापानीज प्रबिधिबाट रिकिसि नामक संस्थाको प्राबिधिक सहयोगमा मल उत्पादन गर्न लागिएको हो । सो क्षेत्रमा टहराहरु निर्माण गरी तीनै टहरा भित्र फोहोरबाट मल तयार गरिएको छ ।

सो स्थलमा संरचना निर्माण गरि परिक्षणका रुपमा मल उत्पादन थालिएको छ । बितरणका लागि बाल्टि समेत खरिद गरि सकिएको छ । फोहोर संकलनका लागि ट्याक्टर खरिद गर्ने प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो । हरेक घरमा तीनवटा बाल्टि बितरण गरिने छ । कुहिने, नकुहिने र वेच्न मिल्ने फोहोर छुट्याएर मल उत्पादन गरिने छ ।

मल नहुने फोहोर बिक्रि गरिने छ । मल उत्पादनका लागि २५ जना कर्मचारीले तालिम लिई सकेको बरालको भनाई छ । त्यहाँबाट उत्पादित प्राङ्गारिक मललाई कृषकलाई अनुदानका रुपमा बितरण गरिने उहाँले जानकारी दिनुभयो । सो नगरपालिकाको शहरी क्षेत्रमा धेरै फोहोर जम्मा हुने गर्दछ ।

पछिल्लो समय वनेको नगरपालिका भएकाले सुरु देखिनै फोहोर व्यवस्थित गर्नका लागि मल उत्पादन गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !