
काठमाडौंः यूएईको सारजाहबाट १६८ जना नेपाली नागरिक शुक्रबार साँझ स्वदेश फर्किएका छन् । यूएईको सारजहबाट एयर अरेवियाको विमानमार्फत् उनीहरू स्वदेश फर्किएका छन् । यो बिमानबाट १६८ जना नेपाली आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताउनुभयो ।
सरकारले रोजगारीमा विभिन्न देशमा गएका नेपाली स्वदेश फर्कन चाहेमा ल्याउन दिने निर्णय गरेसँगै नेपाली रहेका विभिन्न देशका सरकार एवं नेपालस्थित राजदूतावासमार्फत् प्रक्रिया अगाडि बढाएको थियो ।
यसअघि आजै बिहान म्यानमारबाट पनि २६ जना नेपाली स्वदेश फर्किएका थिए ।