चितवनः चितवन उद्योग सघको परिसरमा विक्रि केन्द्रको भवन आज शिलन्यास गरिएको छ । जिल्लाका साना देखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी तथा विक्रि गर्न मिल्ने गरी सुविधा सम्पन्न भवन वन्ने संघका अध्यक्ष राजु पौडेलले बताउनुभयो ।
असार मसान्त भित्र सम्पन्न गर्ने उद्देश्यका साथ बिक्रि केन्द्रको शिलन्यास गरिएको हो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम रु १ करोड ७५ लाखमा भवन निर्माण गर्न लागिएको हो ।
भवनको आज संघका अध्यक्ष राजु पौडेल, गभर्निङ काउन्सिलका अध्यक्ष एवं पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी र घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख नारायण लम्सालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । पहिले सचिवालय र कार्यालय रहेको भवन भत्काएर त्यसैको नजिक भवनको निर्माण गरिने भएको हो । ॐ सत्य साई कन्स्ट्रक्सन प्रा.लि.भरतपुरले निर्माण जिम्मा पाएको उक्त परियोजनालाई कन्सल्टिङ कम्पनी मौलाकालिका सिभिल वक्र्सले डिजाइन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !