चितवनः भरतपुरमहानगरपालिका वडा नम्बर १२ मा बस्दै आएकी एक महिलामा कोरोना संक्रमण देखिए पनि उनी बस्दै आएको घर परिवारको पिसिआर नतिजानेगेटिभ आएको छ । उनीहरुको स्वाब संकलन गरि यहि जेठ १५ गते भरतपुर कोभिड १९ प्रयोगशाला पठाईएको थियो ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएकी एक महिलामा कोरोना संक्रमण देखिए पनि उनी भरतपुरमा भाडामा बस्दै आएकी थिईन । भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख दिपक सुवेदीका अनुसार यहि जेठ ९ गते उनी भरतपुरबाट हेटौडा घरमा गएकी महिलामा कोरोना संक्रमण देखिए पछि उनी बस्दै आएका घरका घरधनी सहित तीन जनाको नमुना संकलन गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस !