चितवनः हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएकी एक महिलामा कोरोना संक्रमण देखिए पछि उनी भरतपुरमा भाडामा बस्दै आएको घर परिवारको स्वाब संकलन गरिएको छ । भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख दिपक सुवेदीका अनुसार यहि जेठ ९ गते उनी भरतपुरबाट हेटौडा घरमा गएकी थिईन । उनमा कोरोना संक्रमण देखिए पछि उनी भाडामा बस्दै आएको घरका घरधनिको नमुना संकलन गरिएको हो ।
संक्रमित महिला गर्भवती भएका कारण उनलाई थप उपचारका लागि वुधाबार भरतपुर अस्पताल ल्याईएको छ । श्रीमान भूमी व्यवस्था बिभाग मार्फत मालपोत कार्यालयमा श्रेष्ता कम्युटरमा उतार्ने काम गर्ने भएकाले उनीहरु भरतपुर महानगरपालिका वडा नम्बर १२ मा बस्दै आएका थिए । सो घरमा बस्ने घरधनीसहित तीन जनाको नमुना संकलन गरि भरतपुर कोभिड १९ प्रयोगशाला पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस !