सलह । तौल मात्र २ ग्राम । खान्छ पनि त्यति नै । तर जब यो सलह लाखौं करोडौंको संख्याको बथान बनाएर हमला गर्छ तब केही मिनेटमा नै यसले पूरा बाली नै बर्बाद गर्न सक्छ । सलह सुनसान इलाकामा पाइन्छ ।

सलह । तौल मात्र २ ग्राम । खान्छ पनि त्यति नै । तर जब यो सलह लाखौं करोडौंको संख्याको बथान बनाएर हमला गर्छ तब केही मिनेटमा नै यसले पूरा बाली नै बर्बाद गर्न सक्छ । सलह सुनसान इलाकामा पाइन्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सलहले हालसम्म राजस्थान, गुजरात र मध्य प्रदेशमा ५० हेक्टर बढीको बाली नष्ट गरिसकेको छ ।

भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो । नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। सलहको बथान हावाको दिशामा उड्ने भएकाले यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ ।

एक दिनमा १५० किला मिटरसम्म उड्न सक्छ सलहः

भारतका विशेषज्ञका अनुसार यदि हावा दिल्लीतर्फ चले अबका केही दिनमा सलह दिल्ली पुग्नेछन् । यदि दिल्लीमा सलहको हमला भए, यो निकै खतरनाक साबित हुनेछन् किनभने यहाँ २२ प्रतिशत हरियाली छ । वैज्ञानिकका अनुसार एउटा सलह दिनभरी सयदेखि १५० किलो मिटरसम्म उड्न सक्छ र २० मिनेटमा नै पूरा बाली नष्ट गर्न सक्छ । भारतमा २२ वर्षपछि सबैभन्दा ठूलो सलह हमला मानिएको छ ।

सन् १९९३ मा ७.१८ लाख भारुको क्षती भएको थियोः

– भारतको केन्द्रीय कृषि मन्त्रालयको अधिनमा आउने डायरेक्टोरेट अफ प्लान्ट प्रोटेक्सन, क्वारेन्टाइन र स्टोरेजका अनुसार सन् १८१२ देखि नै भारतले सलहको हमला झेल्दै आएको छ ।

– सन् १९२६ देखि ३१ को क्रममा सलहको हमलामा १० करोड भारुको बाली बर्बाद भएको थियो । त्यसपछि सन् १९४० देखि १९४६ र सन् १९४९ देखि १९५५ को बीच पनि सलहको हमला भयो । यसमा दुबै पटक २–२ करोड भारुको क्षती भएको थियो । सन् १९५९ र १९६२ बीच सलहको दलले ५० लाख भारुको बाली नष्ट गरेको थियो ।

– भारतको सरकारी आँकडाका अनुसार सन् १९६२ पछि सलहको यस्तो कुनै हमला भएन, जुन तीन–चार वर्षसम्म चल्यो । तर सन् १९७८ मा १६७ र १९९३ मा १७२ बथानले हमला गरेको थियो । यसमा सन् १९७८ मा २ लाख भारु र सन् १९९३ मा ७.१८ लाख भारुको बाली बर्बाद भएको थियो ।

– सन् १९९३ पछि पनि सन् १९९८, २००२, २००५, २००७ र २०१० मा पनि सलहको हमला भएको थियो तर त्यो न्यून थियो ।

सलहको बथानले ३५ हजार व्यक्तिको खाना एकैदिनमा खाइदिन्छः

– युनाइटेड नेशनअन्तर्गत पर्ने फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) का अनुसार बलौटे क्षेत्रमा पाइने सलह सबैभन्दा खतरनाक हुन्छन् ।

– यो १५० किलोमिटरसम्म उड्न सक्छ । एक किलोमिटरको दायरामा फैलिएको बथानमा १५ करोड बढी सलह हुन्छन् । यसले ३५ हजार व्यक्तिलाई पुग्ने खाना चट गरिदिन्छन् ।

– सलहको एक बथान १ किलोमिटरको दायरादेखि सयौं किलोमिटरको दायरासम्म फैलिएको हुनसक्छ । सन् १८७५ मा अमेरिकामा ५ लाख १२ हजार ८१७ स्क्वायर किलोमिटरको बथान थियो ।

– एफओका अनुसार एउटा सलहले एक पटकमा १५० वटा अण्डा पार्छ । सलह निकै तीब्र रुपमा वृद्धि हुने बताइन्छ । यसको पहिलो पीढि १६ गुणा, दोस्रो पीढि ४०० गुणा र तेस्रो पीढि १६ हजार गुणा बढ्ने गर्छ ।

– साधारणतया सलह यस्ता स्थानमा पाइन्छन् जहाँ वर्षभरी २०० मिमीभन्दा कम वर्षा हुन्छ । तसर्थ, यो पश्चिमी अफ्रिका, इरान र एशियाली देशमा पाइन्छ ।

– विश्व बैंकले यो वर्षको अन्तिमसम्म सलहको हमलामा केन्यालाई ८.५ अर्ब डलरको क्षती हुने अनुमान लगाएको छ । केन्याबोहक यसवर्ष इथियोपिया र सोमालियामा पनि २५ वर्षपछि सबैभन्दा खतरनाक हमला भएको छ ।

Beawar: A young child attempts to chase away a swarm of locusts, at Fatehgarh Salla village near Beawar, Monday, May 11, 2020. Locusts arriving from neighbouring Pakistan are threatening livelihoods of local farmers and cattle herders in Rajasthan. (PTI Photo)(PTI11-05-2020_000119A)

सलहबाट बाली​ बचाउन डिजेसमेत बुकः

बालीलाई सलहबाट बचाउनका लागि वैज्ञानिक तरिका त कीटनाशकको प्रयोग गर्नु हो । तर भारतमा यसबारे विभिन्न तरिका अपनाइने गरिन्छ । यसपटक छत्तिसगढमा पनि सलहको हमला हुने आशंका छ । तसर्थ मानिसहरुले सलहलाई भगाउनका लागि डिजेसमेत बुक गरिसकेका छन् ।

थुप्रै स्थानमा किसानले सलह भगाउन थाल ठटाउने गर्छन् । उच्च आवाजमा गीत बजाउँछन् । खेतको बीचबीचमा ट्रयाक्टर पनि चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस !