चितवनः माडी नगरपालिकाले आफ्ना नागरिकको उद्धार कार्य सुरु गरेको छ । कोरोना भाईरसको संक्रमणका कारण भारतबाट आएर बिभिन्न नाकामा रोकीएका ९४ जनाको उद्धार गरिसकीएको नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
कोरोना भाईरस कोभिड १९ का कारण भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई सुनौली, कृष्णनगर र ठोरी नाकाबाट उद्धार गरिएको हो । कृष्णनगर र सुनौली नाकाबाट ६६ जना र ठोरी नाकाबाट २४ जना, झापा र नेपालगञ्जबाट पाँच जनाको उद्धार गरिएको छ । आज मात्रै सुनैली नाकाबाट २७ जना सम्पर्कमा आएको र उनीहरुको उद्धारका लागि टोलि त्यस तर्फ जादै गरेको उहाँले जानकारी दिनुभयो । यो संगै नगरपालिकाले विदेशमा रहेका नगरवासीहरुको अभिलेपखकरण तथा अबस्था पहिचानको काम समेत जारी राखेको छ ।
भण्डारीका अनुसार नगरपालिका भित्रका वडाहरुमा १ हजार ६ सय १० जना क्षमताको १२ वटा क्वारेन्टाइन स्थापना तथा व्यवस्थापन गरेको छ । नगरपालिकामा रहेका सार्बजनिक क्वारेन्टाइनमा हाल १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै होम क्वारेन्टाइनमा ७ जना रहेको उहाँले जनाकारी दिनुभयो । यस्तै नगरपालिकाले अध्ययन र रोजगारीको शिलशिलामा भरतपुर र आसपासका जिल्लामा रहेका एक हजार जना नगरवासीको उद्दार तथा स्वास्थ्य परिक्षण गरेको छ ।
कोरोना भाईरसको आशंका गरिएका, विदेश तथा जिल्ला बाहिरबाट आएका १ सय ४६ जनाको ¥यापिट डाईग्नोष्टिक टेष्ट र १९ जनाको पिसिआर परिक्षण गरिएको भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !