चितवनः कोरोना संक्रमणको आशंका गरिएका र विदेशबाट आएकालाई राखिएको क्वारेन्टाईनबाट भाग्ने गरेको घटना कुनै नौलो कुरा होईन । तर क्वारेन्टाईनमा रहेका व्यक्तिलाई मदिरा पु¥याउने गरेको घटना भने नौलो हुन सक्छ ।
यस्तै घटना जिल्लाको पूर्बी क्षेत्रमा रहेको एक क्वारेन्टाईनमा आफन्तलाई मदिरा पु¥याउने क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ३ का २५ वर्षिय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले जानकारी दिनुभयो । उहाँका अनुसार थपलियाले राप्ती नगरपालिकामा रहेको बुद्धशान्ति माद्यामिक बिद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउन जाँदा ईलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो ।
घरेलु मदिरा सहित नियन्त्रणमा लिईएका थपलियालाई प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उनको बयानको काम नसकीएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ । क्वारेन्टाईनमा बस्दा मदिरा सेवन गर्न नपाईने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !