
चितवनः जिल्लाका बिभिन्न सार्वजनीक क्वारेन्टाईनमा बस्नेहरुको संख्या ८२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार लकडाउनको समयमा तीन दिन यता नेपालका बिभिन्न जिल्ला, भारत र तेस्रो मुलकबाट आएका उनीहरुलाई आफ्नै स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ ।
कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाका अनुसार भरतपुुर महानगरपालिकामा १४ जना, रत्ननगर नगरपालिकामा १६ जना, कालिका नगरपालिकामा ४ जना, खैरहनी नगरपालिकामा १६ जना, राप्तीमा १० जना र माडी नगरपालिकामा १५ जना सार्वजनिक क्वारेन्टाईनमा रहेका छन् । जिल्लाकै एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकामा रहेको सार्वजनीक क्वारेन्टाईनमा ७ जना रहेको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लामा रहेका स्थानीय तहमा स्थापना गरिएका सार्वजनीक क्वारेन्टाईनबाट १ सय १२ जना घर फर्कि सकेको उहाँले जानकारी दिनुभयो ।
अहिले क्वारेन्टाईनमा रहेकाहरु मध्ये जिल्ला प्रशासन कार्यालय कैलालीले पठाएका १४ जना, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पठाएका १० जना, कोरोना भाईरसको आशंका गरिएका, संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु रहेका छन् ।
उनीहरुलाई १७ दिन क्वारेन्टाईनमा राखिने छ । सो पिसिआर परिक्षण गरि नेगेटिभ भएमा घर पठाईने छ ।