
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते भन्ने प्रश्न गर्ने बताएका छन् ।
प्रधानमन्त्री मंगलबार ओलीले संसद्मा बोल्दै भने, ूभारतको प्रतीक चिह्नमा रहेको चार मुखे सिंहको मुनि सत्यमेव जयते लेखिएको छ । भारत के सत्यमेव जयते मान्न तयार छ कि सिंहमेव जयते, भारतलाई सोध्नेछु ।ू
नेपालले नयाँ नक्सा सार्वजनिक गरेको विषयमा संसद्लाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपाली भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध भएकोसमेत बताए । उनले भने, ूविगत लामो समयदेखि भारतले त्यहाँ कब्जा गरिरहेको छ । अहिले नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटर नक्सा सार्वजनिक गरेको छ । यो ऐतिहासिक निर्णय हो । जुन दिन नेपालको निशान छापसहित सम्पूर्ण ठाउँमा नयाँ नक्सा प्रतिस्थापन भएको दिन दीपावली मनाइनेछ ।ू
लामो समयदेखिको सरकारको आलोचना र भारतको विरोध भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । नक्सा सार्वजनिक भने भइसकेको छैन ।