काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उहाँले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताउनुभयो । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गर्नुभयो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गर्नुभयो। तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गर्नुभयो ।

त्यसपछि उहाँलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !