चितवनः काठमाडौंबाट भारत जान आउँदै गरेका ६ जनालाई प्रहरीले रोकको छ । उनीहरुलाई आज दिउँसो भरतपुरको चौबिसकोठीबाट होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङ्ले जानकारी दिनुभयो । उनीहरुले काठमाडौंबाट ट्रकमा चढेर आएको र नारायणगढको पुलचोकमा झरेर हिडेर आएको वताईएको छ ।

काठमाडौंमा मजदुरी गर्ने बताउने उनीहरुले काम नभएपछि ठोरी हुँदै विहारको नरकटियागञ्ज जान लागेको बताएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !