चितवनः गैंडाकोट नगरपालिकाले स्वास्थ्य, सरसफाई कर्मचारी र सवारी चालकको कोरोना बिमा गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यका अनुसार ६० जना कर्मचारीको बिमा गर्ने प्रकृया अघि वढेको छ ।
प्रतिव्यक्ति रु ६ सय तिरेर विमा गरे पछि कोरोना पोजेटिभ देखिएमा सम्बन्धित कर्मचारीले बिमा कम्पनीबाट रु १ लाख प्राप्त गर्ने छन् । नगरप्रमुख छत्रराज पौडेलले जोखिममा काम गरेका कर्मचारीहरुलाई संक्रमण भई हालेमा केही राहत प्राप्त होस भन्ने उद्देश्यले बिमा गर्न लागिएको बताउनुभयो । संक्रमण नगर क्षेत्रमा छिर्न नपाओस भन्नका लागि सबैलाई उच्च साबधानी अपनाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।