कोरोनाका बिरामीलाई कोरोना अस्पतालमानै उपचार गरिने

चितवनः कोरोना आशंका गरिएका र पुष्टि भएर पनि सामान्य लक्ष्यणमात्र देखिएका बिरामीलाई यहाँको भरतपुर कोरोना बिशेष अस्पतालमा उपचार गरिने भएको छ । भरतपुर अस्पतालमा त्यस्ता बिरामी राख्दा अन्य बिरामीलाई समस्या पर्न सक्ने भएकाले पहिलो तहका संक्रमितलाई कोरोना अस्पतालमा राख्न लागिएको हो ।
भरतपुर अस्पताल मातहतमा भरतपुर कोरोना बिशेष अस्पताल र भरतपुर कोभिड १९ प्रयोगशाला रहेका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार नेपाल सरकारले तह एक अर्थात साधारण लक्ष्यण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । तह दुई अर्थात मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिबि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तोकेको तिवारी बताउनुहुन्छ ।
हाल सम्म नेपालमा कोरोना संक्रमण देखिएका बिरामीलाई पहिलो तहको अस्पतालमा उपचार गर्न सकीने उहाँले बताउनुभयो ।
तिवारीले यस अघि पहिलो तहमा राख्नु पर्ने दुई जना संक्रमितलाई भरतपुर अस्पतलामा लगिएको भए पनि अब त्यसो नगरिने बताउनुभयो । कोरोना अस्थाई अस्पतालमा ५० साधारण शैया रहेका छन् । त्यही १०÷१० शैयाका एचडियू र सघन उपचार कक्ष पनि रहेका छन् । कोरोनाकै बिरामीलाई उपचार गर्ने उद्धेश्यले भरतपुर महानगरपालिकाको अगुवाईमा सो अस्पताल स्थापना गरि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको हो । हाल सम्म कोरोना अस्पतालमा ६ सय १ जनाको उपचार गरि सकिएको छ । यहि चैत ७ गते अस्पताल स्थापना भएको हो । कोरोना रोकथामका लागि भरतपुर अस्पतालको मातहतमा चैत २३ गतेबाट प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हाल सम्म ७ सय ४५ जनाको पिसिआर परिक्षण गरिएको छ । अस्पतालको प्रयोगशालामा सबै भन्दा वढि परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँको प्रयोगशाला स्थापना हुनु अघि र किट अभाव हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकु र प्रदेश प्रयोगशाला हेटौडा पठाउने गरिएको छ ।
कोरोनाका लागि निर्माण गरिएकाले अस्पतालमा आबश्यक पर्ने सवै प्रबन्ध मिलाईएको भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । कोरोना आशंका भएका र कोरोनाको पुष्टि भई सामान्य अबस्थामा रहेका बिरामीलाई कोरोना अस्पतालमा राख्दा भरतपुर अस्पताल अन्य बिरामीका लागि थप सुरक्षित हुने अधिकारीको भनाई छ । सर्बसाधारणले निशुल्क र न्यून शुल्कमा उपचार पाउने अस्पतालमा जटिल नभए सम्म कोरोनाका बिरामी नराखिने उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयो “अस्पताल आएर उपचार गर्नुपर्ने बिरामीका लागि भरतपुर अस्पताल पूर्ण रुपमा सुरक्षित छ ।” अस्पतालले सकेसम्म सामाजिक दुरी कायम गरेर सबै बिरामीको उपचार गरिरहेको छ ।
भरतपुर अस्पतामा चितवन सहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । संघिय अस्पताल भएकाले यहाँ बिशेषज्ञ चिकित्सकहरुबाट सबै खालका उपचार हुने गर्दछन् ।
यस अस्पतालले बार्षिक रुपमा ३ लाख भन्दा बढि बिरामीलाई सेवा दिदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्र्रसुती गराउने गर्दछन् । प्रसुती गृह पछिको सबै भन्दा वढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसुतीका बिरामीलाई छुट्टै भवनको व्यवस्था गरिएको छ । यो ६ सय शैयाको केन्द्रिय अस्पताल हो ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer