चितवनः नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ५ ले महानगर प्रमुखलाई ज्ञापन पत्र बुझएको छ । वडा संयोजक बिष्णु प्रसाद धिताल र सह संयोजक युवराज भूषालले महानगरप्रमुख रेनु दाहाललाई वडा कार्यालयले आफ्नै बैकल्पिक भवनबाट काम गर्नु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन ।
एक वर्ष अघि अज्ञात समुहले वडा नम्बर ५ को वडा कार्यालयमा विस्फोट गराएर क्षती पुगेको र तत्काल केही समयका लागि घर भाडामा लिई संञ्चालन गरिरहेको छ । यस विषयमा काँग्रेसले पुष १८ गते वडा कार्यालयलाई सम्बोध गर्दै वैंकल्पिक भवन (साबिक वडा नं. १४ ) को कार्यालयलाई प्रयोग गर्न माग गर्दै आएको थियो । सो मागको सुनुवाई गराउनका लागि काँग्रेसले आज ज्ञापनपत्र बुझाएको हो ।
दलिय स्वार्थका लागि कार्यालय भवन हुँदा हुँदै निजी भवनमा वडा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीलाई असर परेको भन्दै तत्काल आफ्नै भईरहेको कार्यालयमा सार्न काँग्रेसले माग गरेको हो ।
काँग्रेसको ज्ञापन पत्र बुझदै महानगर प्रमुख दाहालले आफ्नै भवनबाट सेवा सुरु गरिने प्रतिवधता व्यक्त गर्नुभयो । प्रमुख संगै रहनु भएका वडा अध्यक्ष पदमपाण्डी सुवेदीले सर्वदलिय छलफलगरि पुरानै भवनबाट काम सुरु गर्ने बताउनुभयो ।