चितवनः कोरोना संक्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षिया महिलाले कोरोना भाईरसलाई जित्दै आज घर फर्कीएकी छन् ।
चार साताको अस्पताल बसाई पछि कोरोना मुक्त भएर घर फर्कदैं गर्दा ६३ वर्षिया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्य कर्मी र अस्पताललाई धन्यवाद दिदै बिदा भएकी छन् । दुई छोरा संगै बैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो ।
वैशाख १३ गते २७ वर्षिय छोरा संक्रमण मुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमा संगै घर जाने वताए पछि संक्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाईनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् । उनीहरुलाई लिन राप्ती नगरपालिका प्रमुख प्रभा वराल एम्वुलेन्स लिएर अस्पताल आई पुग्नु भएको थियो ।
अस्पतालका तर्फबाट बिदाई गर्दै फुल, गुच्छा र डिस्चार्ज दिए पछि खुशि हुँदै आमाले आँफुलाई कोरोना भएको भनिए पनि शरिरलाई भने केही नभएको बताउनुभयो । उहाँले भन्नुभयो “एकदमेै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।” उहाँले थप्नुभयो “सवैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।”
अस्पतालको सेवा प्रति उहाँ निकै खुशि हुँदै नियमीत रेखदेखमा रहेका नर्सिङ् कर्मचारीहरुलाई उहाँले बिशेष धन्यवाद दिनुभयो । बिदाई गर्दै अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले उहाँलाई शुभकामना दिनुभयो । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाब थियो । प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दूई साता सम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गर्नुभयो ।
उहाँले टेलिफोन बाट पनि सामान्य समस्याहरु समाधान हुने वताउनुभयो । सो अबसरमा नगरपालिका प्रमुख वरालले अस्पताल प्रति बिशेष धन्यवाद दिदै उहाँहरुको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताउनुभयो । संक्रमितको उपचारमा संलङ्न स्वास्थ्य कर्मी र चिकित्सक प्रति वरालले आभार प्रकट गर्नुभयो ।
कोरोना जितेर फर्कदैं गर्नु भएको आमाको बिदाईमा मेडिसिन बिभाग प्रमुख डा. प्रकाश खतिवडा, कोरोना क्लिनीकल संयोजक डा. प्रमोद पौडेल, मेट्रोन शान्ता भण्डारी, सूचना अधिकारी लिलाधर पौडेल, आईसोलेसन बिभाग प्रमुख रुमा देवकोटा लगाएतको उपस्थिति रहेको थियो । यस अघि २७ वर्षिय छोराले संक्रमण मुक्त भए पछि अस्पताललाई धन्यवाद दिएका थिए । आज पनि उनले त्यसैलाई दोहो¥याएर आमा संगै घर फर्कीएका हुन् ।
उनीहरु राप्ती नगरपालिका वडा नम्बर ८ का हुन । चैत ३ गते वेलायतबाट काठमाडौं आएर ५ गते राप्ती नगरपालिका वडा नम्बर ८ स्थित घर आएका उनीहरु मध्ये आमाको वैशाख ३ गते ¥यापिट डाईग्नोस्टिक परिक्षणका क्रममा शंकास्पद देखिएको थियो । आमामा शंकास्पद देखिए पछि आमा र आमासंगै आएका दुई छोराको समेत पिसिआर परिक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार संक्रमित राखिएको अस्पतालको क्याविनका ६ वटा कोठालाई निर्मलीकरण गरेर प्रयोगमा ल्याईने छ । भरतपुर अस्पतालले कोरोना आशंका गरिएका बिरामीको उपचार सरकारी भरतपुर अस्पताल र कोरोना अस्पतालमा गर्दै आएको छ भने आफ्नै कोरोना प्रयोगशालामा नियमीत परिक्षण गरिरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा ती आमा छोरा संक्रमण मुक्त भए संगै कोरोनाका संक्रमित छैनन् ।