चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आईडी हटाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआईडी नेपाल टेलिकममा पत्राचार गरि हटाएको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गोप्य राख्न चाहेर अपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस भन्ने उद्धेश्यले टेलिफोनको कलरआईडी हटाईएको हो । उहाँले भन्नुभयो “सूचना दिन चाहने तर आफ्नो परिचय गोप्य राख्न खोज्नेलाई यसले सजिलो वनाउँछ ।” घरेलु हिंसा, यौन दुव्र्यवहार, लागुऔषध दुव्र्यसनी संगै बिभिन्न खालका ठूला र साना अपराधिक घटनाका सूचना प्रहरीलाई आउन यसले सजिलो वनाएको गुरुङ्को वुझाई छ ।

कलरआईडीमा टेलिफोन नम्बर जाँदा सूचना दिनेले असुरक्षित महशुश गर्ने र हुने गरेको पाईएको छ । चितवन जिल्ला देशको मध्यभाग भएकाले अन्यत्र अपराधिक गतिबिधि गरेर लुक्न यहाँ आउने गरेका पाईन्छन् । कार्यालयले प्रहरीको यस नम्बरलाई जनमानसमा पु¥याएर सर्वसाधारणबाट सूचना लिने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस !