
चितवनः प्रजातन्त्रका सेनानी भिम प्रसाद पाठकको आज निधन भएको छ । ९० वर्षिय पाठकको आज दिउँसो उहाँकै निबास गितानगरमा निधन भएको हो ।
पाठक लामो समय देखि अस्वस्थ हुनुहुन्थ्यो । पञ्चायत कालमा नेपाली काँग्रेस गितानगर गाउँकमिटिको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु भएका पाठकको निधनले सिंगो पार्टीलाई क्षती पगेको काँग्रेस चितवनका सचिब राजिब न्यौपानेले जानकारी दिनुभयो । संगठन बिस्तार संगै आबश्यक सुचनाहरु पार्टीलाई दिने काम गर्ने पाठकको पार्थिब शरिरमा काँग्रेस चितवनका सचिब न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाउनु भएको थियो ।
पर्वतको पाङ्ग्राङ्मा वि.सं. १९८७ सालमा जन्मनुभएका पाठकको एक श्रीमती, दुई छोरा र दुई छोरी रहनुभएको छ । पाठकको आजै देवघाटमा अन्त्येष्टि गरिएको छ ।