चितवन: भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको आईसोलेसनमा उपचाररत दम प्रेसर र ज्वरोको बिरामीको मृत्यु भएको छ । रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर १२ बस्ने ६० वर्षिया उमादेवि विकको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो ।
उपचारका क्रममा अस्पतलामा महिलाको मृत्यु भएपछि कोरोना भाइरस (कोभिड–१९) को आशंकामा स्वाब संकलन गरी काठमाडौं पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । मृत्यु भएकी विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।