चितवनः कोरोना अस्पतालमा भएको चोरीको बिषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार आन्तरिक रुपमा कर्मचारीहरु परिचालन गरि अनुसन्धानको कामलाई अघि वढाईएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत र जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत सहित चार जनाको टोलिले घटनाको अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
टोलिले आफ््नो अनुसन्धानको काम सुरु गरि सकेको र केही दिनमा नतिजा आउने उहाँले बताउनुभयो । अनुसन्धानको काम भईरहेको छ उहाँले भन्नुभयो “अनुसन्धानको काम सकिए लगत्तै कम्जोरी पाईएमा कानुनी प्रकृया अगाडी बढ्छ ।”
अस्पतालमा चोरी भएको समाचार वाहिरीए लगत्तै प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको बिषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । ज्ञापन पत्र वुझाउने देखि सडक संघर्षका कार्यक्रमहरु गर्दै आएको काङ्ग्रेले दोषि भनिएकाहरुलाई तत्काल निलम्बन गरि कारवाही गर्न माग समेत गरेको छ ।
केही समय अघि मात्रै भरतपुर महानगरपालिका वडा नम्बर १० मा स्थापना गरिएको कोरोना बिशेष (अस्थाई) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार वाहिर आएको थियो । त्यसको लगत्तै कोरोना अस्पतालमा अख्तियार अनुसन्धान आयोगले त्यहाँका आबश्यक कागज पत्र लगेको थियो । कर्मचारीहरुले ती सामाग्री भरतपुर महानगरपालिका लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिए पछि उनीहरुको नियत माथि प्रश्न उठाउँदै छानविनको माग गरिर्दै आएको छ ।
भरतपुर महानगरपालिकाको अगुवाईमा कोरोना आशंका भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो ।