चितवनः जिल्लामा कार्यरत पत्रकारहरुलाई प्रहरीले दुव्यवहार गरि गिरफतार गरेका भन्दै जिल्लामा रहेका पत्रकार सम्बद्ध संघ संस्थाहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । आज बिहान १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १० चैबिसकोठिमा पत्रकारहरु बिनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई दुव्यवहार गरि संञ्चार साधन र सवारी साधन समेत निण्न्त्रर्णमा लिई गिरफतार गरिएको भन्दै नेपाल पत्रकार महासंघ चितवन, प्रेस सगठन नेपाल चितवन र नेपाल प्रेस युनियन चितवनले ध्यानाकर्षण भएको जनाएका हुन ।
तीन संस्थाले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै संञ्चार क्षेत्रमानै खटिएको जानकारी प्रहरीलाई पटक पटक गराउँदा पनि पत्रकारहरुलाई अपशव्द वोल्दै दुव्यवहार गरेको र सवारी साधान नियन्त्रणमा लिई जवरजस्ति प्रहरी कार्यालय ल्याईएको जनाईएको छ । प्रहरी कार्यालयबाट कवडहलमा रहेको क्वारेन्टाईनमा लगिएको, पत्रकारले खिचेको फोटो र भिडियो डिलिट गर्न दबाब दिएको भन्दै यस कार्य प्रति खेद व्यक्त गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
संकटको समयमा राज्य संयन्त्रले आम नागरिकलाई सहयोग गर्नु पर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्ररकारहरु माथि दुव्यवहार र गिरफ्तार गर्ने कार्यमा संलङ्न प्रहरीलाई कारवाहीको माग समेत गरिएको छ । बिज्ञप्तिमा भनिएको छ “कोरोना भाईरसको महामारीको समयमा अग्रपक्तिमा रहेर आम नागरिकलाई सुसूचित गराउने काममा खटिएका पत्रकारहरुको सुरक्षाका सवामा सम्बेदनशील रहन र स्वतन्त्रतापूर्बक काम गर्ने बातावरण वनाउन स्थानीय प्रशासन संग माग गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !