काठमाडौंः देशैभर हालसम्म साढे ९ हजार जनाको कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट नमुना संकलन गरेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म आरडीटीमा ३८ हजार ८९ जना र पिसिआर विधिबाट ९ हजार ४०७ जना गरी जम्मा ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए ।
“गत २४ घण्टामा तीन हजार ७९१ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको छ,”,उनले भने,“आज देशैभरका अस्पतालका आइसोलेसनमा काठमाडौ उपत्यकामा ३ जना र उत्यकका बाहिर ८६ गरी जम्मा ८९ जना रहेका छन् ।”

आज देशैभरका क्वारेन्टाइनमा १२ हजार ९८५ जना रहेका उनले जानकारी दिए ।

बिहीबार बेलुका कोरोना संकक्रमण देखिएका भोजपुरका २६ वर्षका पुरुष फागुन ३० गते साउदी अरबबाट हिमालयन एरलाइन्सको विमानबाट काठमाडौं आएका थिए । ती युवकमा आरडीटी पोजेटिभ देखिएपछि पुनस् पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ती युवकको सम्पर्कमा रहेका आफन्तहरुको सबैको नमुना संकलन गरिएको समेत मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको अवस्था के छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ४८ जना रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। देवकोटालका अनुसार कोरोना भाइरसको संक्रमणबाट १० जना निको भएका जानकारी दिए ।

उनले भने “कोशी अञ्चल अस्पतालमा हाल २८ जना रहेका छन् तर भोजुरको युवकलाई त्यही ल्याईदै गरेको त्यस अस्पतालमा हुदाँ २९ हुनेछन् । नारायणी उक्षत्रिय अस्पतालमा ५ जना, भरतपुर अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा १ जना, धनगढीस्थित सेति अस्पतालमा १ जना उपचाररत रहेको छन् । भने सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”
७८ जनाको थ्रोब स्वाब संकलन

मन्त्रालयका अनुसार उदयपुरको स्वास्थ्य कार्यालय, प्रादेशिक प्रयोगशालाले ७८ जनाको थ्रोब स्वाब संकलन गरेर कोशी अस्पतालमा परिक्षण भइरहेको छ । उदयपुरको चौदन्डीगडी र त्रियुगा नगरपालिका वरिपरि नमुना परिक्षणका लागि संकलन गरिरहेको छ ।

त्यसैगरी, प्रदेश २ का आठै जिल्लाका २७ विभिन्न स्थानमा १५ सयभन्दा बढीको नमुना संकलन गर्न नेपाली सेना र स्वास्थ्य सेवा विभागको टिम त्यहाँ गएर नमुना संकलन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !