
चितवनः कोरोना भाईरसको त्रास संगै अन्य रोगका बिरामीहरुले उपचार पाउन छाडेका छन् । भरतपुर अस्पतालमा उपचार गराउन आउने बिरामीहरुले सेवा पाउन छाडेका हुन ।
कोरोना भाईरसको संक्रमण भएका बिरामी अस्पतालमा रखो संगै बिरामी आउनेको संख्या कमी आएको भए पनि आएका बिरामीले उपचार पाउन सकेका छैनन् । कोरोनाका बिरामी उपचारका लागि छुट्टै अस्पताल वनाईएको भए पनि उपचार भने भरतपुर अस्पतालमा गर्दा यहाँ उपचार गर्न आउने बिरामीले समेत सेवा पाउन छाडेका छन्् ।
गतवर्ष यतिवेला भरतपुर अस्पतालमा दैनिक २ हजार हाराहारी बिरामी बहिरंग सेवामा उपचाारका लागि आउँथे । यस वर्ष लकडाउन संगै बहिरंग सेवा बन्द भए पछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् ।
सामान्य समस्या भएका र पहुँच पु¥याउनेहरु टेलिफोन सम्बाद र निजीमा चिकित्सक भेट्ने गरेको भए पनि गरिव असाहायहरुले त्यो सुबिधा पाउन सकेका छैनन् । अस्पताल सम्म आउननै आँफु संग भएको रकम सकिने बिरामी सरकारी अस्पताल आउने गर्दछन् । अलिअलि वचेको रकम पनि निजीमा जानुपर्ने भएपछि औषधि किन्न समेत उनीहरुले पाएका छैनन् ।
पहिले भरतपुर अस्पतालमा शल्यक्रिया गरेकोमा समस्या भएपछि भरतपुर अस्पताल गएकी गोर्खाकी सरस्वती अधिकारीले उपचार नपाएर फर्कनु परेको बताउनुभयो । बिमा पनि भएको र उपचार सस्तो हुने भए पछि भरतपुर अस्पताल गएपनि यहाँ हुदैन अहिले भनेपछि फर्कीएको उहाँको भनाई छ । सरकारी अस्पतालबाट फर्कीएका बिारमी निजी मेडिकल कलेज र निजी अस्पतालमा बहिरंग सेवामा जान बाध्य भएका छन् । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सबै अस्पतालमा हुन्छन् । उनीहरु चिया पिएर समय बिताउँछन् तर बिरामी उपचार नपाएर फकिई रहेका छन् । यहि मौकामा निजीले बहिरंग सेवा संञ्चालन गरेका छन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी हाल आकस्मीक कक्ष र ज्वरो क्लिनिक मात्र सञ्चालन भएको बताउनुहुन्छ । बल्ल तल्ल सवारी खोजेर आएका बिरामी अस्पताल आएर पुनः फर्कनु पर्दा पिडामा भएको बताउँछन् । भरतपुर अस्पतालले सबै चिकित्सकको नम्बर सार्वजनीक गरेको छ । ती अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । उनीहरुले बिरामीलाई त्यही वोलाउने गरेका छन् । तिवारी बिरामी फर्किएको स्विकार्दै भिडभाड हुने भएकाले बहिरंग सेवा सञ्चालन नगरिएको बताउनुहुन्छ । कसरी व्यवस्थित ढङ्गबाट संञ्चालन गर्न सकीन्छ भन्ने बारेमा छलफल गरेर छिटो निर्णय लिने उहाँको भनाई छ ।
भरतपुर अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामीले सेवा पाउने गरेका छन् । कोरोना संक्रमणको उपचारका लागि भरतपुर महानगरपालिकाले स्थापना गरेको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल पनि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारले लेवल एक अर्थात साधारण लक्ष्यण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । लेवल दुई अर्थात मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिबि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र वीपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तोकेको तिवारी बताउनुहुन्छ । तर कोरोना अस्पतालमा राख्नु पर्ने कोरोना संक्रमित तर लक्ष्यण नभएको बिरामीलाई कोरोना अस्पताल नराखेर भरतपुर अस्पतालमा राखिएको छ ।
यसको त्यही कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चर्को बिरोध गरिरहेका छन् । निजी अस्पताल बिरामी पठाउनका लागि सरकारी दुबै अस्पतालमा कोरोनाका बिरामी राखिएको आरोप लाग्ने गरेको छ । नेपाली काङ्ग्रेस चितवनका सचिब उत्तम जोशी सरकारी दुबै अस्पतालमा कोरोनाका बिरामी राखेर बहिरंग बिभाग समेत वन्द गरेर निजी संग सरकारी अस्पतलाको व्यवस्थापन मिलेको आरोप लगाउनुहुन्छ । तत्काल कोरोनाका बिरामी कोरोना अस्पतालमा राखेर भरतपुर अस्पतालबाट सर्बसाधारण जनतालाई सुरक्षित उपचार दिनुपर्ने उहाँ बताउनुहुन्छ ।
भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी केन्द्रको निर्देशन अनुसार वहिरंग सेवा वन्द भएको भन्दै लकडाउन खुले पछि स्वतह सुरुहुने वताउनुहुन्छ । उहाँले हाल अस्पतालमा कोरोना संक्रमण भएका बिरामीले कोरोना अस्पतालमा बस्न नमाने पछि भरतपुर अस्पतालमा ल्याउन बाध्य भएको बताउनुभयो । कसरी व्यवस्थि तगर्न सकीन्छ भन्ने बारेमा छलफल भईरहेको उहाँको भनाई छ ।
यस अस्पतालले बार्षिक रुपमा ३ लाख भन्दा बढि बिरामीलाई सेवा दिदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्र्रसुती गराउने गर्दछन् । प्रसुती गृह पछिको सबै भन्दा वढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । यो ६ सय शैयाको केन्द्रिय अस्पताल हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई सरकारी अस्पतालले आएका बिरामीलाई फर्काउन नहुने वताउनुभयो । भिडभाड नगरि बिरामीलाई सेवा दिनुपर्ने उहाँको भनाई छ ।