काठमाडौंः उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप आठ जनामा कोरोना संक्रमणको आशंकापछि धरान लगिएको छ ।

स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुलाई लिन प्रदेश १ सरकारले एम्बुलेन्स पठाएको थियो ।
संक्रमित भनिएकाहरुलाई विराटनगरस्थित कोशी कोरोना अस्पताल अथवा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कहाँ राख्ने भन्ने विषयमा धरानमा चिकित्सकबीच छलफलमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !